झापा । प्रहरीले विर्तामोड नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
 
प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड ५ का १९ वर्षीय कालु दासलाई पक्राउ गरेको हो।

उनलाई शंका लागेर चेक जाँच गर्दा निजको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरेको थियो। प्रतिबन्‍धित ब्राउनसुगर बरामद भएसँगै दासमाथि ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ।