वीरगन्ज । वीरगन्जमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ लखनपुरका २७ वर्षीय इसराइल मियाँ रहेका छन् ।
प्रहरीका अनुसाार, वीरगन्ज महानगरपालिका १३ राधेमाइका फुल महम्मद अन्सारीको घरमा चापाकल जडान गर्ने क्रममा आइतबार बिहान ७ बजे तिर करेन्ट लागेर मियाँको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई प्रहरीले तत्कालै उद्धार गरी तराई हस्पिटलमा पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेको जनाइएको छ ।


















