इटहरी । धरानमा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  कोराना विरुद्धको दुवै डोज खोप लगाएका धरान–१२ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा आइतबार निधन भएको हो ।   

संक्रमणबाट सिकिस्त बिरामी परेका पुरुषलाई शनिबार उपचारका लागि भर्ना गरिएको थियो। शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ती पुरुष मुटु मिर्गौलासम्बन्धी दीर्घरोगी भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले बताए। 

शव व्यवस्थापनको पहल भइरहेको पनि उनले जानकारी दिएका छन्।