काठमाडौँ । गायिका समिक्षा अधिकारीले आफुले क्षतिपुर्तिको रकम नलिने बताएकी छिन् । मंगलबार एक स्टाटस लेख्दै अधिकारीले आफूले त्यो रकम नलिने मनसाय रहेको जानकारी दिएकी हुन् । 

नायक पल शाहविरुद्ध जबर्जस्ती करणी मुद्धा दर्ता गरेकी उनलाई अदालतले क्षतिपुर्ति स्वरुप १० लाख रुपैयाँ दिन फैसला गरेको थियो । तर समिक्षाले आफुले त्यस्तो क्षतिपुर्ति पाउँ भनेर कतै माग नगरेको र उक्त रकम लिने मनसाय समेत नभएको स्पष्ट पारेकी छिन् ।