झापा । झापामा ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई पक्राउ गरेको छ । 

दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।