काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजबाट नयाँ नोट वितरण सुरु गरेको छ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरेको हो।
एक व्यक्तिले पाँचदेखि एक सय दरका एक एक प्याकेट गरेर १८ हजार ५०० रुपियाँसम्म नयाँ नोट साट्न पाउने छन्।
यस पटकको दशैंमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ।


















