काठमाडौँ । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो ।
पेट्रोलमा मूल्य घटेसँगै नेपाल आयाल निगमलाई प्रतिलिटर ८ रुपैयाँ नाफा रहने भएको छ । शुक्रबारबाट लागू हुने गरि इन्धनमा मूल्य समायोजन भएर आएको हो।
डिजेलमा भने प्रतिलिटर ४४ पैसा मात्र घटेर आएको निगम स्रोतले बतएको छ । नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई डिजलमा प्रतिलिटर करिब ६ रुपैयाँ घाटा रहने बताइएको छ ।


















