इटहरी/ नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदारले चुनावी सभामा आफु निर्दोष भएकाले जनअदालतमा आएको बताएका छन् । गच्छदारले ललिता निवास प्रकरणमा आफ्नो कुनै संलग्न नभएकोले न्यायालयको विश्वास गदै आफू जनअदालतमा पनि इन्साफ माग्न आएको बताएका छन् । इटहरीमा आयोजित भुनावी सभालाइ सम्बोधन गर्ने क्रमामा आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रि हुँदा ललिता निवासको विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा जबरजस्ती आफू माथि आरोप लगाएर ५२ वर्षको राजनीतिक करियर समाप्त बनाउने षड्यन्त्र भएको बताएका छन् ।
आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रि भएकाे र जग्गा सम्बन्धी निर्णय गर्ने अधिकार भूमि सुधार मन्त्रालयको हुने कुरा सबैलाई थाहा हुँदा हुँदै राजनीतिक प्रतिसोधले जबरजस्ती मुद्दा लगाइएको बताएका छन् । उनले आरोप लगाइएको विषय प्रमाणित भए आफू फाँसीमा झुन्डिन तयार रहेको पनि बताएका छन् । अदालतले न्यायको पक्षमा फैसला गर्ने विश्वास रहेको र जनतामा फैलाइएको भ्रमलाई चिर्न जनअदालतमा हाजिर भएको बताएका छन् ।आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका गच्छदारले आफूलाई लगाइएको आरोपको विषयमा खण्डन गरेका हुन ।


















