इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ बाट गाँजा बोकेको पिकअप सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक धरान–१६ का २७ वर्षीय पूर्ण बहादुर राई र सह–चालक विजय राई रहेका छन् ।
आइतबार राती राजगञ्ज सिनवारि–कप्तानगञ्ज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको गस्ती टोलीले को १ ज १६६१ नम्बरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई चेक जाँच गर्दा गाँजा बरामद गरेको हो ।
कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम ९सात बोरा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















