इटहरी । कुखुरा तस्करीमा संलग्न तीन जनालाई सुनसरीको रामधुनीस्थित डुम्राहाबाट नियन्त्रणमा लिइएको छ । 

स्थानीय किसानहरुले ५८ थान कुखुरा र दुई वटा मोटरसाइकलसहित तीन जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएका हुन् ।

भारतबाट अवैधरुपमा भित्राउँदै गरेको अवस्थामा बुधबार साँझ ती कुखुराहरु नियन्त्रणमा लिइएको स्थानीयहरुले जानकारी दिए । 

तस्करीमा संलग्नहरु रामधुनी तथा इनरुवाका स्थानीहरु भएको बताइएको छ ।