विराटनगर । मोरङको बूढीगंगा–२ अमाहीमा एक महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।

स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानाएको छ । अहिले घटनास्थलमा मोरङ प्रहरीका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ ।