काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो (सोमबार ) तोलामा  १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार)  तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार  रुपयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुनको  मूल्य तोलामा  १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ।  सोमबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।