झापा । झापामा लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का २९ वर्षीय सुरज कुँवर र ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
अस्थाई प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६ प ६२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको इन्डिकेटरभित्र लुकाएर राखेको अवस्थामा ४ ग्राम २२ मिलिग्राम लागूऔषध फेला पारेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।


















