इटहरी । इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउती सम्मको बाटो छिटो निर्माण गर्न आयोजना प्रमुखलाई पत्रचार गरेको छ । सडक निर्माण विस्तार सुस्त हुँदा दैनिक सर्वसाधारणले सास्ती बेहोर्नु परेको भन्दै बाटो छिटो गर्न पत्रचार गरेको हो
नगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै सङ्घीय सरकारको ध्यानाकर्षण गाराएका हुन ।
यस अघि पनि नगर प्रमुख पौडेलले स्थलगत अनुगमन गरी छिटो बाटो बनाउन अनुरोध गर्दा पनि निर्माणको काम अघि नबढेको भन्दै सङ्घीय सरकारको मातहतको आयोजनामा पर्ने उक्त राजमार्ग छिटोभन्दा छिटो बनाउन छ लेन सडक आयोजनालाई पत्रचार गरेका हुन ।
बारम्बार ताकेता गर्दा पनि सडक निर्माणको काममा ढिलो भएको भन्दै मेयर पौडेलले रोकिएको काम तत्काल अगाडि बढाइदिन आग्रह सहित पत्रचार गरेको जनाइएको छ ।
सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रूपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५र२०७६ भित्र गरिसक्नु पर्ने थियो ।



















