काठमाडौँ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर १ लाख २ हजार ५ कारोबार भएको छ ।
यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


















