काठमाडौँ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो (बिहिबार) तोलामा  १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज(शुक्रबार) तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार   ४०० रुपयाँमा कारोबार भइरहेको छ ।

 यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।