काठमाडौँ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आईतबार) तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (सोमबार) तोलामा २०० रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ८०० रुपयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै,आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घट्दै १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















