काठमाडौँ । अभिनेता पल शाहले बलात्कार आरोपमा सफाइ पाएसँगै उनी सोमबार रिहा भएका छन् । जिल्ला कारागार तनहुँबाट रिहा भएसँगै कारागार परिसरमा भेला भएका उनको पक्षमा समर्थकहरुले चर्को नारा लगाएका हुन् । 

सफाइ पाएर रिहा हुँदा पललाई अबिर माला समेत लगाइएको थियो । 

नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।

एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।