काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आईतबार) तोलामा १ लाख ३ हजार ५००  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (सोमबार) ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार १०० रुपयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज  तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार ८०० र सोमबार १७ सय रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज (सामेबार)चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।