काठमाडौँ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधवार)  तोलामा  १ लाख ११ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (बिहिबार) तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार २०० रुपयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत  तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।