काठमाडौ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार भएकै कारोबारमा सुनचाँदी किनबेच भएको हो ।
शुक्रबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको थियो ।आज (आइतबार) छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


















