काठमाडौँ । आज (मंगलबार) सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० र चाँदीको मूल्य ५ रुपैयाँ प्रतितोलाले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको  छ । 

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ तोकिएको थियो ।