काठमाडौँ । आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आजको मूल्यसूची तय गर्दै आज (सोमबार) हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको र चाँदीको मूल्य भने घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ ।


















