काठमाडौँ । आज (शुक्रबार) सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाला सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज पनि तोलामा २५ रुपैयाँले घट्दै १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















