काठमाडौँ ।  आज (बुधबार) सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ।  नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर आज (बुधबार) १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

महासंघले बुधबार चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ । मंगलबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १४ सय रुपैयामा कारोबार भएको हो ।