काठमाडौँ ।  आज (बिहिबार) सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ।  नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलामा १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर आज (बिहिबार)  १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी  सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको  महासंघले जनाएको छ ।

बिहीबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।