काठमाडौं । आज (शुक्रबार) सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ।
नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहिबार) तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (शुक्रबार) तोलामा १०० रुपैयाँ बढेर १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजाबी सुन १ लाख ११ हजार ९५० कायम भएको छ।
आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी १४४० रुपैयाँमा कारोबार भएको थियो।

















