काठमाडौँ ।  आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५००   रुपैयाँ रहेको  सुनको मूल्य आज (आईतबार) तोलामा ३०० रुपैयाँले घटेर तोलामा १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । 

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ । 

 यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ  महासंघले गत साताको शुक्रबारको तुलनामा आज मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ ।