काठमाडौं । आज (मंगलबार) सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ।

नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलामा १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य  आज (मंगलबार)  तोलामा ३०० रुपैयाँ बढेर   १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै,आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमै कारोबार भईरहेको छ ।