काठमाडौँ । भारतको राजस्थानको राजधानी जयपुरमा शुक्रवार बिहान एक घण्टाभित्रै भूकम्पको तीन धक्का महसुस गरिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार बिहान ४ बजेर ९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो ।

त्यसपछि ४ बजेर २२ मिनेटमा दोस्रो र ४ बजेर २५ मिनेटमा तेस्रो झटका महसुस भएको थियो । यी भूकम्पको तीव्रता ३ दशमलव १ देखि ४ दशमलव ४ रेक्टरसम्म रेकर्ड गरिएको छ ।

भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा धनमालको क्षति नभएको प्रहरीले जनाएको छ ।