काठमाण्डौ ।सुनसरीमा पछिल्लो दुई हप्तामा डेंगुका झण्डै तीन हजार बिरामी थपिएका छन् । इपिडिमियोलोजी   तथा   रोग   नियन्त्रण   महाशाखाले गएको असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा थियो । अहिले यो सङ्ख्या बढेर चार हजार पुगेको छ ।

सुनसरीमा मात्रै दुई हजार पाँच सय बिरामी थपिएका महाशाखाले जनाएको छ । महाशाखाले  सार्वजनिक  गरेको  तथ्याङ्क  स्वास्थ्य संस्थामा आएका बिरामीको मात्र हो । स्वास्थ्य संस्था नआउने तथा सम्पर्कमा नआएका बिरामी अझै हुन सक्ने महाशाखाले जनाएको छ ।

धरानको बीपी कोइराला स्वास्थ्य  विज्ञान  प्रतिष्ठान,  विजयपुर  अस्पताल  लगायतका सुनसरीका स्वास्थ्य संस्थामा डेङ्गीका बिरामीको चाप छ ।

महाशाखाका अनुसार सुनसरीमा दुई हजार पाँच सय, धादिङमा २५८,  दार्चुलामा  १८८,  कास्कीमा  १४९,  सङ्खुवासभामा  ५८,  काठमाण्डौमा  ४६  जना,  कञ्चनपुरमा ३९ जना, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जना सङ्क्रमित भएका छन् ।