काठमाडौं । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहिबार) छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (शुक्रवार) तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ९ सय रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

















