विराटनगर । मोरङबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित धरान –८ का १९ वर्षीय सबिन विक समेत दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















