इटहरी ।आज दुई घण्टाको अवधिमा नेप्से ७ अंक हाराहारी बढेर विभिन्न कम्पनीको शेयर किनबेच भइरहेको छ । सो अवधिमा १ अर्ब ५५ करोड ६० लाख ६३ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सबैभन्दा धेरै लिबर्टी हाइड्रोपावरको १६ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
सूचक बढेको बजारमा सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक अर्थात् १० प्रतिशत हाराहारी बढेको छ ।
गणपति लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ७ प्रतिशत हाराहारी घटेको छ ।


















