इटहरी । हिजो शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१० प्रतिशत अर्थात २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४५ स्टकको ४९ हजार ६ पटकको कारोबारमा १ करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ३६ करोड १ लाख ५९ हजार ४८७ रुपैयाँको शेयर किनबेच भएको हो । बिहीबार ४ अर्ब ९ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात् १.८३ प्रतिशतले बढेको छ ।

लिबर्टी इनर्जीको सर्वाधिक ३६ करोड ६६ लाख ५५ हजार १९३ रुपैयाँको शेयर किनबेच हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाईड्रो र शिवश्री हाईड्रो उच्च कारोबार गर्ने कम्पनीमा परे ।

उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् १०.५३ प्रतिशतले बढ्दा मल्टीपर्पाेज फाइनान्सको शेयरमूल्य सर्वाधिक अर्थात् ५.७१ प्रतिशतले घट्न पुग्यो ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २ अर्ब ६६ करोड ७९ लाख २६ हजार ५४५ रुपैयाँ कायम भएको छ ।