विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बैठक भदौ १ गतेका लागि बोलाएको छ । गत असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत भएको प्रदेशसभाको बैठक भदौं  १ गते दिउँसो १ बजेका लागि बोलाएको हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारबाट माओवादी  केन्द्र र जसपा बाहिरिएपछि बजेट अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएका थिए ।

विश्वासको मत लिने प्रयोजनका लागि उनले साउन १४  गतेबाट तेस्रो अधिवेशन आह्वान गरेका थिए । पहिलो बैठकमा बजेट अध्यादेश पेस भएको थियो । दोस्रो बैठकमा उनले विश्वासको मत परीक्षण हुँदा विश्वासको मत पाएनन् ।

त्यसपछि बनेका मुख्यमन्त्री उद्धव थापाले अध्यादेशको बजेट प्रतिस्थापनका लागि भदौं  १ गतेबाट अधिवेशन बोलाएका हुन् । उनले सर्वदलीय सहमतिका आधारमा बजेट अध्यादेश प्रतिस्थापनका लागि विधेयक ल्याउने बताए ।