काठमाडौँ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बिहिबार) तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । हिजो बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।

















