इटहरी । श्रीमतिको हत्या गरेको आरोपमा इटहरी –४ का ३९ बर्षीय दीपेन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमति ३५ वर्षीया सीता लिम्बुलाई घरायसी विवादका क्रममा कुटपिट गरी हत्या गरेको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा दीपेनलाई प्रहरीले पक्राउ गरेको हो ।  

साउन ३२ गते इटहरी –४ स्थित टेंग्रा खोला किनारमा एक महिलाको शव फेला परेकोमा मृतक लिम्बुको माइती पक्षले ३९ वर्षीय पति दीपेनले  हत्या गरेको किटानी जाहेरी दिएका छन् । 

इलाका प्रहरी कार्यालय इटहरीमा मृतक सीताका भाई २७ वर्षीय धनबहादुर लिम्बुले दिदीलाई सिताका पति दीपेन लिम्बूले हत्या गरेको किटानी जाहेरी दिएकाले सोही आधारमा दीपेनलाई साउन ३२ गते पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सङ्खुवासभा मादी ३ घर भई हाल इटहरी–४ मा बस्दै आएकी ३५ वर्षीया सीता लिम्बूको शव फेला परेको र इलाका प्रहरी कार्यालय इटहरीले शव फेला परेकी लिम्बूको शरीरमा नीलडाम देखिएकाले हत्या भएको आशङ्का गरिएको छ । 

घटनाको अनुसन्धान जारी रहेको र पोष्टमार्टम रिर्पोट आएपछि थप कुरा खुल्दै जाने प्रहरीले जनाएको छ ।