काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ। आज (बुधबार) बिहान समाजिक सञ्जाल मार्फत उनले आफ्नो बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको जानकारी दिएका हुन् ।
मन्त्री किराँतीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए।
उनले लेखेका छन् ‘भखरै बुवाले धोका दिनुभयो १ आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो १ उप्रान्त बुबा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुबा हार्दिक श्रद्धाञ्जली !
किराँतीका बुवाको पार्थिव शरीर आजै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको बताइएको छ ।

















