काठमाडौँ । मध्य मेक्सिकोको कुआक नोपालन ओक्साका राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार स्थानीय र आप्रवासी बोकेको बस ओक्साका र पुएब्ला राज्यको सिमानामा रहेको राजमार्गमा एउटा ट्रेलर ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

ओक्साका अभियोजकको कार्यालयका अनुसार सवारी दुर्घटनामा एक नाबालिग सहित कम्तीमा आठ पुरुष र आठ महिलाको मृत्यु भएको छ । घाइतेहरूलाई उपचारका लागि पुएब्लाको अस्पतालमा लगिएको छ ।