इटहरी । नागरिक समाज इटहरीले इटहरी उपमहानगरपालिकाले वृद्धि गरेको करको विरुद्धमा दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।
मङ्गलवार नागरिक समाज इटहरीले पत्रकार सम्मेलन मार्फत कर वृद्धि विरुद्धका दबाबमूलक कार्यक्रमहरू भाद्र २० गते देखि चरणबद्ध रूपमा २४ गते सम्म गर्ने घोषणा गरेको हो ।
२० गते जनप्रतिनिधिहरूलाई कर वृद्धि दर घटाउने एसएमएस पठाउने, २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी सेयर गर्ने, २२ गते इटहरी उपमहानगरपालिकामा मौन धर्ना दिने , २३ गते सरोकारवालाहरूसँग छलफल तथा बृहत् भेला गर्ने र २४ गते नो ट्याक्स घोषणा गर्ने कार्यक्रम तय गरेको छ ।


















