इटहरी - कोशी प्रदेशलाई  लक्षित गर्दै महिला सशक्तिकरणको अवधारणा सहित मिसेस पुर्वान्चल २०२४ ( टुगेदर फर वोमेन इम्पावोरमेंट) नामक प्रतियोगिता आयोजना हुने भएको छ।

प्लानेट मल्टिमेडिया इन्टर्नेशनलको आयोजना अनि नेक्स्ट लेभल मिडियाको सहकार्यमा हुन लागेको लुयान मिसेस पुर्वान्चल २०२४ को सम्पूर्ण तयारी सकेर सहभागिताको लागि फारम खुल्ला गरिएको छ। दिनहु जसो नेपाल भरि प्रसस्तै आयोजना हुने यस खालको प्रतियोगितामा एउटा भिन्न र पृथक कार्यक्रम बनाउने उदेश्यका साथ् आयोजना गर्न लागिएको यस कार्यक्रम निकै लामो समयको तयारी पछि सहभागिताको लागि फारम खुल्ला गरिएको हो।  

बृहत रुपमा आयोजना हुन लागेको यस कार्यक्रममा लुयान ईलेक्ट्रिक स्कुटरले मुख्य प्रायोजन गर्ने भएको छ। महिला सशक्तिकरणको अवधारणामा हुन गईरहेको यस कार्यक्रमको प्रकृति सौदर्य प्रतियोगिता भए पनि यसको अवधारणा अनुसार सहभागी प्रतियोगीहरुलाई दैनिक जिबनमा आवश्यक र उपयोगी बिषयहरुलाइ प्रमुख प्राथमिकतामा राखी प्रशिक्षण गराईने आयोजकले बताएका छन्।  

कार्यक्रमको मूल उदेश्य बिवाह पछि आफुमा प्रतिभा र क्षमता भएर पनि बैवाहिक जिबनको कारण आफ्नो प्रतिभा र क्षमतालाई दबाएर घर परिवारको जिम्मेवारी मै सिमित भएर बस्नु परेका महिलाहरुको लागि नया अवसरको रुपमा पनि यस कार्यक्रमलाई प्रस्तुत गर्न लागिएको हो।

यस्तै प्रकृतिका धेरै प्रतियोगिता भन्दा भिन्दै स्वरुप र पृथक ढांचामा तयार गरिएको यस प्रतियोगितामा हाल सम्म कुनै प्रतियोगिताले समाबेश नगरेका बिषयहरु जुन विवाहित महिलाहरुको लागि निकै जरुरि छ। जुन प्रशिक्षणले ति महिलाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन निकै सहयोग गर्ने छ। जुन बिषयहरुमा सम्बन्धित विषयका नै बिज्ञहरुबाट प्रशिक्षण गराइने तयारी आयोजकले गरेको जनाएको छ।  

प्रतिस्प्रधा कै स्वरुपमा कार्यक्रम हुने भएकोले बिजेता उप बिजेताहरुको लागि पनि आकर्षक पुरस्कार पनि राखिएको छ।  जसमा प्रतियोगिताका बिजयी लाई स्कुटर पुरस्कार राखिएको छ भने अन्य उप बिजेताहरुको लागि पनि  निकै आकर्षक पुरस्कार तथा विभिन्न अवसरहरु पनि प्रदान गरिने छ।

लगभग एक महिनाको प्रशिक्षण पछि गरिने फाइनल प्रतियोगितामा निर्णायक तथा सेलिब्रेटी पाहुनाहरुको राम्रो उपस्थिति रहने छ। राजधानी काठमाडौँ देखि आमन्त्रण गर्न लागिएको निर्णायक तथा सेलिब्रेटीहरुको उपस्थितिले कार्यक्रमको भाब्यतामा थप रौनकता बढाउने पनि आयोजकले यस्तो तयारी गरेको पनि बताएका छन्।