काठमाडौ – गृह मन्त्रालयले ३६ जना कर्मचारीहरूको सरुवा गर्दै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको फेरबदल गरेको छ। मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको सूची अनुसार रामेछाप, डोल्पा, बझाङ, बाजुरा लगायतका जिल्लामा नयाँ प्रजिअहरू नियुक्त भएका छन्।
उपसचिव राजु प्रसाद पौडेल रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्। यससँगै, डोल्पाको प्रजिअमा रोम बहादुर महत, बझाङमा ओम प्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्याल सरुवा भएका छन्।
यसैगरी, मातृका आचार्यलाई मनाङको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ। कमल प्रसाद पाण्डे मुगु, रुद्र प्रसाद न्यौपाने रुकुम पूर्व, र नवराज जैसी दैलेखको प्रमुख जिल्ला अधिकारी बनेका छन्।
अन्य सरुवामा नारायण पाण्डेलाई हुम्ला, विष्णु प्रसाद भुषाललाई मुस्ताङ, अर्जुन पौडेललाई रसुवा, र रामबहादुर शाहीलाई जुम्लाको प्रजिअ बनाइएको छ।
गृह मन्त्रालयले नियमित प्रशासनिक व्यवस्थापनका लागि यो सरुवा प्रक्रिया अगाडि बढाएको बताएको छ।


















