कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ । लालझाडी गाउँपालिका– १ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक (रामेश्वर) र उनी ४३ वर्षीया पत्नी कमला वडायकको शव फेला परेको हो । 

आज (शुक्रबार) बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीले जानकारी दिए । घटनस्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।