इटहरी । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।ठगी गरेको अभियोगमा रूपन्देही सैनामैना नगरपालिका ११ घर भई काठमाडौँ महानगरपालिका २६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जनाबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितको उजुरी परेको थियो।

सोही आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो।

प्रहरीले उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।