सुनसरी - राजधानीमा आयोजित समाजशास्त्री डोरबहादुर विष्टको ९८औँ जन्मदिवसमा अंग्रेजी पुस्तक ‘Report from Lhasa’ लाई नेपालीमा ‘ल्हासाको खबर’ नामले अनुवाद गर्ने घोषणा गरिएको छ।
बुक हिल पब्लिकेशन र डोरबहादुर विष्ट फाउन्डेसनबीच भएको सम्झौताअनुसार पत्रकार विराट अनुपमले अनुवाद गर्नेछन्। पुस्तक चैतसम्ममा बजारमा आउने जानकारी प्रकाशक प्रतिनिधि भुपेन्द्र खड्काले दिए।
डोरबहादुर विष्टका सुपुत्र केशरबहादुर विष्टले पुस्तकले नेपाली पाठकका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा विष्टको जीवनमा आधारित डकुमेन्ट्री ‘म अलम हुन चाहन्छु’ पनि प्रदर्शन गरिएको थियो।


















