एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा ५० अङ्क बनाएको छ।
दोस्रो स्थानको आर्सनलले एस्टनभिल्लासँग २–२ गोलको बराबरी खेल्दै ४४ अङ्कमा सीमित रह्यो। एस्टनभिल्ला समान २२ खेलमा ३६ अङ्कसहित सातौँ स्थानमा छ।
अन्य खेलमा बर्नमाउथले न्युक्यासललाई ४–१ ले, क्रिस्टल प्यालेसले वेस्टह्याम युनाइटेडलाई २–० ले र फुलहमले लेस्टर सिटीलाई २–० ले हराए।


















