धनकुटा – सत्तारुढ नेकपा एमालेले माघदेखि चैतसम्म सञ्चालन गर्ने ‘जरा’ केन्द्रित तीन महिने अभियानको अभिमुखीकरण कार्यक्रम आइतबार धनकुटामा हुँदैछ। सामुदायिक भवनमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा महासचिव शंकर पोखरेल, कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।

जनताको चासो र गुनासोको सम्बोधनका लागि केन्द्रित यो अभियानले संगठन सुदृढीकरणमा योगदान दिने एमालेको विश्वास छ।