खाँदबारी - सखुवासभाको पाँचखपन नगरपालिका वाना भाङ्गटारस्थित पाथीभरा मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले वृक्षारोपण र संरचना निर्माण अभियान सुरु गरिएको छ। मन्दिर परिसरमा हजुरबा–हजुरआमा र पितृको स्मृतिमा इच्छाअनुसार विरुवा रोप्न, पाटी, चौतारा, धर्मशाला, र पानीको धारा निर्माण गर्न स्थानीयलाई आह्वान गरिएको छ।
यो अभियानले प्रकृति संरक्षणको महत्वलाई प्राथमिकतामा राख्दै भावी पुस्ताका लागि पर्यावरणीय र सांस्कृतिक सम्पदा जगेर्नाको प्रेरणादायी सन्देश प्रवाह गरेको छ।


















