पथरी – हाँस्य कलाकार सन्दीप क्षेत्रीले रेडस्टार स्कुल र ऋतम्भरा बहुमुखी क्याम्पसले आयोजना गरेको "जीवनका लागि हाँसो" कार्यक्रममा प्रेरणादायी प्रस्तुति दिए।

कक्षा ११, १२, र बिबिएसका विद्यार्थीलाई करियर निर्माणमा दृढ संकल्प र निरन्तर अभ्यासको महत्वबारे सन्देश दिएका क्षेत्रीलाई रेडस्टारका क्याडेटहरूले सम्मान गरे।

कार्यक्रममा इलाका प्रहरी कार्यालयका डीएसपी मोहनविक्रम दाहालले लागुपदार्थ र साइबर अपराधबारे सचेतना प्रस्तुत गरे।

सात सयभन्दा बढी विद्यार्थी सहभागी भएको कार्यक्रम विद्यालयका प्रेरणात्मक पहलमध्ये एक हो।